दमकडा मावि बार्षिकोत्सव सिकाइ‍ र चुनाैती

दमकडा मावि नेपाल सरकारको सामुदायिक विद्यालयको रुपमा पाल्पा जिल्लाको तानसेनवाट करीव १३ किमी पुर्व दक्षिणमा रहेको माडीफांटको काखमा रहेको छ । ६५ औ वसन्त पार गरेर ६६ वसन्तको प्रौढतामा अगाडि वढेको यो विद्यालय नेपाल सरकारको नमुना विद्यालयमा सुचिकृत भइ कार्यक्रम र योजना अगाडी वढेको छ । हाल कक्षा १२ सम्म विज्ञान, सिभिल, व्यवस्थापन र शिक्षाका विषयहरु अध्यापन गराउदै आएको यो विद्यालय शैक्षिक कार्यक्रममा जिल्लाको भिन्न सामुदायिक विद्यालयका रुपमा स्थापित भएको छ ।

वि स २०१३ सालमा तत्कालिन मदनपोखराको देउरालीमा स्थानिय वुद्दिजिवी, शिक्षाप्रेमीको सक्रीयतमा घरको छिडींवाट शुरु भएका यो विद्यालय वि स २०२२ सालमा डाडाडुमको तिनपिप्लेमा वालकृष्ण प्रा वि र त्यहि विद्यालय दमकडामा सारियो । वि स २०४० सालमा कक्षा १०को अन्तिम परीक्षा SLC मा सामेल भएको थियो ।

विद्यालयको ६४ औं र ६५ औं बार्षिकोत्सव कोभिड महामारीका कारणले भर्चुयल माध्यमवाट विद्यालयका देश, विदेशमा रहनुभएका पुर्व विद्यार्थीहरुले संचालन गरी मनाइएको थियो । ६६औं बार्षिकोत्सवको अवसरमा विद्यालयले भौतिक उपस्थिती मै विद्यार्थीको विभिन्न खेलसंग सम्वन्धित प्रतिभा, साहित्य रचना, सास्कृतिक र सभाको कार्यक्रमका साथ आश्विन १ गते सम्पन्न गरिएको थियो ।

 विद्यालयको नियमित हुने दोस्रो त्रैमासिक परीक्षा शनिवार समेत सन्चालन गरी भाद्र २६ मा सकिएको थियो । परीक्षा सकिए सगै २६ गतेवाट नै खेल शुरु भएको थियो । केही वर्ष यतादेखि विद्यालयले जिल्लास्तरमा र पालिकास्तरमा राष्ट््पति खेलकुद कप लगातार ४ पटक प्राप्त गर्न सफल यो विद्यालयले त्यसैलाइ आधार वनाई कार्यक्रम अतिरिक्त कार्यक्रम संयोजक श्री धनपति गैरेले फिल्ड एवं ट्राकको खेलहरु, ज्याभलिंग थ्रो , शटपट थ्रो, टग अफ वार, कवड्डी, भलिवल लगायतका खेलहरु २६, २८ र २९ गते सन्चालन गरियो । विद्यालयका फरक क्षमताका विद्यार्थीहरुको समेत रसी दौड, सफ्टवल थ्रो लगायतका खेल समेत सन्चालन गरियो ।

बार्षिकोत्सवको अवसर पारेर विद्यालयले आफ्ना अभिभावक, शिक्षक र विद्यार्थीलाइ विद्यालय र शैक्षिक कार्यक्रमप्रति अभिरुचि जगाउन साथै सकारात्मक सोचको विकास गराउन राष्ट्रियस्तका मोटिभेटर डा= तारा प्रसाद गिरीलाइ आमन्त्रण् गरेकाे थियो । सो कार्यक्रममा करिव ६०० अभिभावक , कक्षा ९‍‍ – १२ विद्यार्थीहरु करीव ४५० शिक्षक ५५ समिती, अभिभावक संघ गरी ११०० जनालाइ खाजाको व्यवस्थासहित भव्यरुपमा मोटिभेशन कार्यक्रम सम्पन्न भयो ।  

विद्यालयले जिल्लाभित्रका विद्यालयहरुविच अन्तरसम्वन्ध कायम गर्ने उद्देश्य राखेर २८ गते कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको हाजिरी जवाफ प्रतियोगिता राखेको थियो जिल्लाभित्रका सामुदायिक र संस्थागत गरी जम्मा २१ विद्यालयका विद्यार्थी प्रतिस्पर्धामा भाग लिएका थिए । हिट राउण्ड संन्चालन गरी पहिलो चरणमा मात्र ८ विद्यालय अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो । आधुनिक प्रविधिको प्रयोग गरेर कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो । उक्त हाजिरी जवाफ कार्यक्रममा न्यु होराइजन मावि, तानसेन प्रथम यसैगरी जनप्रिय मावि वर्तु दोस्रो र जनता मावि, तानसेन तेस्रो हुन सफल भएका थिए र रिभर भ्याली स्कुल, दमकडाले सान्त्वना स्थान हासिल गरेका थिए । यस कार्यक्रममा प्रथम हुनेलाइ रु ७०००, दोस्रोलाइ रु ५०००, तेस्रोलाइ रु ३००० र सान्त्वनालाई रु २००० नगद पुरस्कार दमकडा माविका विव्यस अध्यक्ष राजेश कुमार अर्यालले ट्रफी र प्रमाणपत्रका प्रदान गर्नुभएको थियो ।

 विद्यार्थीको खेलप्रती थप रुचि वढाउने हेतुले विद्यालयले अन्तरसदनात्मक मिनी म्याराथुन -पक्लुवाचोकदेखि खहरे वजारसम्म_ २९ गते विहान आयोजना गरिएको थियो । विद्यार्थीको निकै हर्षोउल्लास तरीकाले उपस्थित थियो ।साना ठुला छात्र छात्रा गरि करिव २०० जना विद्यार्थीले दौडमा सहभागि सो म्याराथुनको दमकडा माविको फेसवुक पेजवाट लाइभ गरिएको थियो । सो दौडको विजेतालाइ पुरस्कार खहरेवजारमै गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा विशिष्ट अतिथिका रुपमा माथागढी गापाका अध्यक्ष श्री यम वहादुर चिदी र पुर्वखोला गापाका अध्यक्ष श्री नुन वहादुर थापाले पुरस्कार वितरण गर्दै दमकडा माविले गरेको उन्नतीको प्रशंशा गर्नुभएको थियो । सोही दिन दिउसो विद्यालयमै विविध खेलकुदका कार्यक्रमका साथ खेलकुद कार्यक्रम अगाडी वढाइयो ।

भाद्र ३० गते साहित्यीक कार्यक्रम रहेको थियो । सोहिअनुसार हिज्जे प्रतियोगिता संचालन गरियो । प्रतिकुल मौसमका वावजुद पनि विद्यालयको कार्यक्रममा विद्याथीेको उत्साहजनक नै उपस्थिति थियो । भाद्र ३१ गते खेलकुदका वाकी रहेका फाइनल खेल संन्चालन गरि दिउसो २ वजे देखि कविता वाचन, लोक गित गायन र लोक नृत्य सन्चालन गरियो । यी सवै अन्तरसदनात्मक कार्यक्रम थिए । कार्यक्रम सकिदा साझको करिव साढे सात वजेको थियो ।

आश्विन १ गते विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवसको अन्तिम दिन हो । मौसम प्रतिकुल थियो । कार्यक्रम कहा र कसरी संचालन गर्ने संवन्धमा अझ प्रष्ट धारणा आउन सकेको थियन ।मौसम पुर्वानुमानले करीव दिउसोभर नै पानी पर्ने संकेत गरीरहेको थियो । यद्यपी आजको कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य माननिय सोमप्रसाद पाण्डे, विशिष्ट अतिथि लुम्विनी प्रदेशका उर्जा, जल तथा सिंचाई मन्त्री माननिय विर वहादुर राना, जिल्ला समन्वय समिती पाल्पाका प्रमुख श्री टंक खनाल र सामाजिक विकास तथा डिभिजन कार्यालय तानसेन, पाल्पाको कार्यालय प्रमुख श्री हरिलाल अर्याल हुनुहुन्थ्यो । तानसेन ८, ७ वडाका प्रतिनिधिहरु सो बार्षिकोत्सव कार्यक्रममा अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो । यसैगरी नेकपा एमालेका गरास आत्रेय, धनेन्द्र घिमिरे, नेकाका माधव जिसी र पार्टी इन्चार्ज, नेकपा माओवादी केन्द्रका नेता नेत्र पाण्डे र समाजवादीका कमल पाण्डे अभिभावक समारोहमा उपस्थित भई विद्यालयको मुक्त कण्ठले विद्यालयको प्रगतीको गुणगान गाउनु भयको थियो । विद्यालयको शैक्षिक कार्यक्रम, थप प्रगतीका शुभकामना र सुझाव तथा विद्यार्थी र अभिभावकको क्षमता प्रर्दशन र अवलोकन साथै पुरस्कार वितरण कार्यक्रमलाइ थाती राखेर नेताको निर्वाचनमुखि भाषण सुन्न पर्दा जो कोही उपस्थितीलाइ दिक्क लागेको थियो । अत यो कार्यक्रम कताकता निर्वाचनमैत्री भएजस्तै आभास दिलायको थियो तर पनि विद्यालयको विकासका समाचार र विद्यार्थीको कलाकारीता हेर्नका लागि करीव साझको ८ वजेसम्म अभिभावकहरु वस्नु भएको थियो ।

विद्यालयको समग्र शैक्षिक, भौतिक एवं व्यवस्थापकिय पक्षको वर्षभरिको कार्यक्रम, विगतको संघर्षको गाथा र आगामी वर्षको विद्यालयको समग्र पक्षको योजना विद्यालयका प्र अ श्री मोहन प्रसाद सापकोटावाट प्रस्तुत भएको थियो । उत्साहजनक रुपमा शैक्षिक, भौतिक कार्यक्रम रहेको र सोहि अनुसारको भावि योजनाहरु सुन्न पाउदा अतिथीगणहरु उल्लासमा रमेका थिए । यसै गरी विद्यालयकाृ गरिमाले उचो वनाउन अहोरात्र खटिनुहुने आदरणिय शिक्षकहरु विशेष गरी र्शक्षिक विकासमा खटिनुभएका शिक्षकहरु जिवन ढकाल, हिम्मत भट्राई, यादव परीयार, गिता वस्याल, दिनेश वस्याल, धनपति गैरे, र माधव खनालले यो वर्षको उत्कृष्ट पुरष्कार प्राप्त गर्नुभएको थियो । यसैगरी पुर्व प्रअ माधव प्रसाद पाठक, प्रशिक्षक नर वहादुर गाहा पुर्व प्रअ तथा शिक्षकका रुपमा सम्मानित हुनुभयो । अक्षयकोषवाला र चन्दादाताहरु सिता अधिकारी, रामप्रसाद भट्राइ, जापनिज नागरिक काजमासा काकीमी, देवेन्द्र भण्डारी चन्दादाताका रुपमा सम्मानित हुनुभएको थियो ,

विद्यालयका प्रधानाध्यापकको प्रतिवेदनमा यदि यी पक्षहरु समेट्न सकियको भए अझ कार्यक्रम उत्कृष्ट हुन्थ्यो जस्तै गतसाल विद्यालयका छात्रछात्रा जस्तै उत्तम न्यौपाने, करीना चिदी अभिशेख पछाइ लगायतको प्राप्त गरेका छात्रवृती, विद्यालयले प्राप्त गरेको उच्चतम गरिमा अन्तराष्ट्यि स्तरको पुरस्कार इन्टरनेशनल स्कुल अवार्ड २०२० – २३, भावि शेक्षिक क्षेत्रका कार्यक्रम र विद्यार्थीको उपलव्धि र अनुशासनलाइ वढाउने खालको कार्यक्रम सुन्न नपाएको उपस्थित एक अभिभावक वताउदै हुनूहुन्थ्यो साथै टाढावाट आफ्ना छोराछोरीको उपलव्धि सुन्न र सहभागि हुन आउनुभएका अभिभावक थोरै निराश देखिनुहुन्थ्यो ।

समग्र विद्यालयको विकासका लागि शिक्षक, विद्यार्थी, अभिभावक विच त्रिकोणात्मक सम्वन्ध हुनुपर्छ र विद्यालयको बार्षिकोत्सवले यस्तो सम्वन्ध वढाउन मद्दत गर्नुपर्छ यस्तो हुनसक्यो भने समुदायलाइ विद्यालय प्रति सजग र सचेत वनाइ आफ्नो कर्तव्य अनुसार अगाडी वढाउन सहयोग गर्दछ ।

आगामी बार्षिकोत्सव अझ भव्य वनोस् । शुभकामना ।

जय दमकडा माध्यमिक विद्यालय ।।।

हाेत्रीराज ढु‌गाना

Categories: Uncategorized