वार्षिक परीक्षाफल प्रकाशन

दमकडा माध्यमिक विद्यालय तानसेन नगरपालिका ९, पाल्पाले २०७७ सालकाे वार्षिक परीक्षाकाे परीक्षाफल प्रकाशन गरेकाे छ ।

काेभिड १९ काे असहज परिस्थिति मध्यनजर गरेर विद्यालयले अघिल्ला परीक्षा र विद्यार्थीकाे सिकाइ क्षमता मूल्यांकन गरेर वार्षिक परीक्षाकाे परीक्षाफल प्रकाशन गरेकाे प्रधानाध्यापक माेहन प्रसाद सापकाेटाले बताउनुभयाे । विद्यालयका अनुसार कक्षा नर्सरीदेखि कक्षा ९ सम्मकाे परीक्षाफल प्रकाशन गरिएकाे हाे । कक्षा ८ काे परीक्षा नगरस्तरीय भएकाले नगर शिक्षा समितिले सार्वजनिक गर्नेछ ।

Categories: News