श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ

पाल्पा । प्रायः सरकारी विद्यालयमा श्रीपञ्चमीका दिन विद्यालय बन्द हुने गर्दछन् । तर दमकडा नमूना माध्यमिक विद्यालय पाल्पाले भने सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रमको आयोजना गरेर राम्रो सन्देश दिएको छ । विद्यालय प्रवेश नगरेका बालबालिकालाई विद्यालय ल्याउने, कलम नसमातेका हातहरुमा कलम कापी थमाउने र अक्षर लेख्न सिकाउने कार्य गरेको छ । विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा आरधना गर्दै नयाँ बालबालिकालाई विद्यालयले अक्षरारम्भ गराएको हो । तीन वर्ष पुग नपुग उमेरका बालबालिकालाई कापी, पाटी र ल्यावटवमा लेख्न सिकाएर अक्षरारम्भ गराइएको विद्यालयका प्राथमिक तह संयोजक जीवन आचार्यले बताउनुभयो । Readmore